ईन्सपाईरिङ्गमा अधिकारकर्मी मोहना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ईन्सपाईरिङ्ग युथको १५१ औं शृङ्खलामा महिला अधिकारकर्मी मोहना अन्सारी प्रस्तुत भइन् ।

बास नेपालद्वारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिङ्ग युथको नयाँ शृङ्खलाको उत्प्रेरणात्मक प्रबचनमा उनी प्रस्तुत भएकि हुन् ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोगकि पूर्व सदस्य, एक मात्र मस्लिम अधिवक्ता अन्सारीले कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाईन् ।

उनले भनिन् – हामीहरु पढ्दा पनि गार्हो थियो, किताव पढ्नलाई कितावहरु पनि पाईदैनथ्यो, लखनउबाट मगाउनु पर्थ्यो । पढ्ने बातावरण थिएन, तर पनि पढियो र अघि बढियो- उनले भनिन् – अहिले धेरै सजिलो छ, शिक्षाको बाताबरण छ, संचारले फड्को मारेको छ ।

मानव अधिकारका बारेमा थाहा पाउन तालिम लिन मुस्किल हुने समयमा आफु मानव अधिकारको बिषयमा चासो दिएर आफ्नो क्यारियर सुरुवात गरेको उनले बताईन् ।

कर्म गर्ने क्रममा बिभिन्न संस्थाहरुमा काम गर्दै अगाडि बढ्दा राज्यले दुई वटा संबैधानिक आयोगमा महत्त्वपूर्ण जिम्मेवारी दिएको क्षण आफ्नो लागि अबिश्मरणिय रहेको उनको भनाई थियो । जिम्मेवारीमा रहंदा आफुले ईमान्दारितापूर्वक काम गरेको उनले बताईन् ।

५० बढि युवाहरुको सहभागिता रहेको कार्यक्रममा उनले सहभागीहरुले सोधेका प्रश्नहरुको उत्तर दिएकि थिईन् । कार्यक्रम बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेका थिए ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech