सकप सदस्य गिरी बासमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ समाज कल्याण परिषदका सदस्य नारायण गिरिले बास नेपालको केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

असल शासन अभियन्ता, युवा गैर सरकारी संस्था नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका उनले बासको नेपालगन्ज स्थित केन्द्रीय कार्यालय जेष्ठ ३ गते अवलोकन गरेका हुन् ।

अवलोकन पस्चात भएको अन्तरर्कियामा सदस्य गिरिले नेपालको असल शासन अभियानमा बासको भुमिका महत्त्वपूर्ण रहेको बताए । उनले युवाको मुद्दालाई व्यापक बनाउनु पर्ने बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बासको अभियान र कार्यक्रम बारे जानकारी गराएका थिए । कार्यक्रममा बासका पूर्व अध्यक्ष मन भण्डारी, निर्देशक हेमराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech