कान्छी उपाध्यक्ष गिता

असल शासन प्रतिनिधि

जाजरकोट/जाजरकोटको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । उनी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेकी थिइन् ।

उनले २६ सय ५९ मत ल्याएकी छन् भने एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गरेकी छन् । नैनसराले २४ सय २९ मत पाएकी
छन् । उपाध्यक्षमा निर्वाचित गीता अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

उनी शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । नेकपा (माओवादी केन्द्र) को पूर्वजिल्ला कमिटी सदस्य टोपबहादुर शाही (बिद्रोही) की नातिनी तथा हाल जिल्ला समन्वय परिषद सदस्य बिनोद कुमार शाहीकी छोरी गिता शाहीको जन्म २०५४ साल कातिक ३० गते भएको हो ।

सानैदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति सामुदायिक माध्यामिक बिद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेकी थिईन् ।

अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखी कक्षा १० सम्मको पढाई ईन्द्रज्योति माध्यामिक विद्यालय शिवालय–६ थालारैकरबाट पुरा गरेकी थिईन् । कक्षा ११–१२ को पढाई बीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पुरा गरेकी शाहीले बीएको मेजर अर्थ र राजनीति शास्त्र विषयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेकी छन् ।

शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असार देखि तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए भने, उनका बुवा बिनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिरी छोडेर माओवादी पार्टीको राजनीतिक काममा सक्रिय रहेका छन् । शाही बास नेपालको सदस्य तथा स्वयंसेवक समेत रहेकि थिईन् ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech