६ प्रश्नमा गिता शाही

गिता शाही, उपाध्यक्ष, शिवालय गाउँपालिका, जाजरकोट

१. तपाईको जीवनको आदर्श के हो ?
तपाईंको जीवनको आदर्श निष्ठाको राजनीति मार्फत सामाजिक रुपान्तरण गर्नु मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
म मेरो घरपरिवारको प्रेरणाले गर्दा यहाँ सम्म आइपुगेको छु । राजनीतिक क्षेत्रमा आउनुमा मेरो हजुरबुबा र बुवाको ठुलो योगदान रहेको छ । राजनीतिक क्षेत्रमा प्रवेश गरेपछि विभिन्न व्यक्तिहरुको सहयोग र सल्लाहले हौसला प्रदान गरेको छ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
म सानो उमेर देखीनै राजनीतिमा प्रवेश गरेको व्यक्ति हुँ । सामाजिक रुपान्तरणको लागि विभिन्न पहल गरेता पनि समाजको लागि धेरै कुरा गर्न बाँकी नै छ ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
यो उमेर सम्म आइपुग्दा गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुनै मेरो जीवनको अविस्मरणीय क्षण हो ।

५. तपाईंको बुझाइमा असल शासन भनेको के हो ?
मेरो बुझाईमा शासन व्यवस्थालाई बढी उत्तरदायी, पारदर्शी, जनमुखी, प्रभावकारी र सहभागितामुलुक बनाउनुनैं असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
सामाजिक, आर्थिक रुपान्तरणका माध्यमबाट सभ्य र समुन्नत समाज निर्माण गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

 

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech