परसपुरमा झडप, आधा दर्जन घाईते

दुबै पक्ष आक्रोशित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ ।
वडाध्यक्षमा निर्वाचित लक्ष्मण प्रसाद बर्मा र निबर्तमान वडाध्यक्ष अजय पाठकको समूह बीच झडप भएको हो ।
नेपाली काँग्रेसका नेता बादशाह बर्मा र निवर्तमान वडाध्यक्ष अजय पाठक लगायतसङ्ग पहिले देखिनै बिबाद रहदै आएको छ ।
बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले घटनास्थल प्रहरीको नियन्त्रणमा रहेको बताए ।
काँग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठक समूहले आक्रमण गरेको दाबी गरेका छन् । उनले भतिज सन्दिप बर्मा सहित ७ जना गम्भीर घाइते भएको जनाए ।
भारतको लखिमपुरमा रहेका निबर्तमान वडाध्यक्ष अजय पाठकले भने असल शासनसङ्गको कुराकानीमा आफुहरुले आक्रमण नगरी आफ्नो घरमै आई वाद साह बर्माहरुले आफ्नो परिवारका सदस्यहरुलाई कुटपिट गरेको बताए ।
अधिकारकर्मी मो शेर बागवानले दुई पक्षका बिच झडप भएको बतसे । दुबै पक्ष आक्रोशित रहेको उल्लेख गर्दै उनले हाललाई झडप रोकिए पनि परसपुर तनावग्रस्त रहेको बताए ।
निर्वाचनमा एमालेका ३ सदस्य र काँग्रेसले वडाध्यक्ष सहित १ सदस्यमा विजय हासिल गरेको छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech