कर्मचारीहरुलाई कार्यालय ब्यवस्थापन तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले कर्मचारीहरुकालागि एक दिने कार्यालय व्यवस्थापन तालिम गरेको छ ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा भएको तालिममा नागरिक सहायता कक्ष र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई कार्यालय कसरी व्यवस्थापन गर्ने, कामलाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा तालिम केन्द्रीत रहेको थियो । तालिममा कार्यालय ब्यवस्थापनका विभिन्न बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए ।


तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै तालिममा सहभागि बासका लेखा अधिकृत राष्टि बुढामगरले तालिमबाट कार्यालय ब्यवस्थापनका विभिन्न बिषयमा जानकारी हासील भएको बताईन् । उनले तालिममा सिकेको कुरालाई कार्यक्षेत्र सँगै व्यवहारिक जिवनमा समेत लागु गर्ने प्रतिबद्धता गरिन् । यस्तै तालिमका अर्का सहभागि नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर १३ का सहजकर्ता गणेश पाण्डेले तालिम पश्चात नियमित काम गराईमा सहजता र प्रभावकारीता आउने बताए । ३० बढी कर्मचारीहरुको सहभागितारहेको तालिमको समापन बासका श्रोत ब्यक्ति मन भण्डारीले गरेका थिए ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech