बिद्युत प्राधिकरणलाई सात दिने अल्टिमेटम

समस्या समाधान गर्ने वितरण केन्द्र प्रमुख प्याकुरेलको प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्जमा अघोषित लोडसेडिंग बिरुद्ध सात दिने अल्टिमेटम सहित आम नागरिकहरु सडकमा उत्रीएका छन् ।
नेपालगन्जका आम नागरिकहरुको तर्फबाट नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अगाडी आज बिरोध प्रर्दशन गरिएको हो ।
लोडसेडिंग मुक्त नेपालगन्जमा लोडसेडिंग किन, सुचनाको हक कार्यान्वयन गर, उपभाक्तालाई बत्ति देउ बत्ति गए जवाफ देउ, अघोषित लोडसेडिंग कहिले सम्म, हामीलाई बत्ति चाहीयो लगायत नारा अंकित प्लेकार्डहरु सहित आम नागरिकहरु बिरोध कार्यक्रममा सहभागि भएका थिए ।

झण्डै १ घण्टा बढी समय बिद्युत कार्यालयको मुल गेट अगाडी भएको बिरोध प्रर्दशन पछि नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेललाई ४ बुदें ज्ञापन पत्र बुझाएको छ । यसरी बुझाईएको ज्ञापन पत्रमा ३ दिन भित्र बिद्युत सेवा नियमित गर्नु पर्ने, नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण आम उपभोक्तालाई नियमित रुपमा दिनु पर्ने, बिद्युत सेवा अवरुद्ध गर्नुपर्ने अवस्था आएमा सो को जानकारी उपभोक्ताहरुलाई आम सञ्चार माध्यमबाट दिनु पर्ने, बिद्युत सेवा प्रबाह अनियमित हुनुको कारण, बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना आम उपभोक्ताहरुलाई सरल, सहज रुपमा नियमित उपलब्ध गराउनु पर्ने, बिद्युत सेवाका बिषयमा एक हप्ता भित्र टोल फ्रि नम्वर सहित गुनासो सुनुवाई प्रणालीको व्यवस्था गर्नुपर्ने र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई सक्रिय पारी आम उपभोक्ताहरुको पहुँच अभिबृद्धि गर्ने रहेका छन् ।


ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बिद्युत सप्लाई पछिल्ला तिन दिन यता सुधार भईसकेको बताउदै समस्या नआउने बताए । उनले प्राविधिक कारणले गर्मी समयमा अनियमित हुने भएपनि सेवाग्राहीहरुलाई मर्का नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरे । उनले ज्ञापन पत्रमा भएका बुधाहरुमा सुधार गर्दे लैजाने बताए ।
बिरोध कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले बिद्युत अनियमितताका बिरुद्ध बोल्नु आम नागरिकहरुको बाध्यता रहेको बताए । अदालतले लोडसेडिंग नगर्नु भनी आदेश दिएको अवस्थामा समेत विभिन्न वाहानामा लोडसेडिंग हुदा नेपालगन्ज बासिहरुले दुःख पाएका कारण सडकमा आउनु परेको बताए । उनले समयमा समस्या समाधान नगरे कडा कदम चाल्ने र त्यसको जिम्मेवारी स्वयम् बिद्युत प्राधिकरणले लिनुपर्ने जनाए । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासँघका पूर्ब केन्द्रीय सदस्य तथा नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणलाई आम नागरिकहरुको तर्फबाट गर्ने सहयोगका लागि तयार रहेको तर समस्या समाधान गर्न नसक्ने भएमा कार्या प्रमुखले जिम्मेवारीबाट हट्न चेतावनी दिएका थिए । कार्यक्रममा नागरिकको तर्फबाट संकेत श्रेष्ठ, दिनेश थापा, डा. बिनोद कर्ण लगायतले बोलेका थिए ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech