धनगढीमा तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु

असल शासन प्रतिनिधि

धनगढी / सुदुरपश्चिम प्रदेशको धनगढीमा तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, बास नेपाल र टिपीओ नेपालको संयुक्त आयोजनामा बासका सामुदायिक मनोसामाजिक कार्यकर्ता र समुदायमा अग्रपंतिमा रहेर काम गरिरहेका युवा स्वयम्सेवकहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरिएको हो ।


तिन दिने तालिममा मनोसामाजिक समस्या, मनोसामाजिक सहयोग, बालवालिकामाथि गरिने अत्याचार, दुव्यवहार, हिंसाले पार्ने असर, भेदभाव, प्राथमिक मनोवैज्ञानिक सहयोग लगायतका विभिन्न बिषयमा सहजकर्ता जितेन राईले सहजिकरण गरिरहेका छन् ।
तालिमको पहिलो दिन मनोसामाजिक समस्या भनेको के हो, मनोसामाजिक समस्याका कारणहरु, मनोसामाजिक विषयहरु लगायतका बिषयमा सहजिकरण गरिएको छ । तालिमको अवधिमा सहभागिहरुले समुह केन्द्रीत छलफल गरिएकोछ ।


तालिमको उद्घाटन सत्रमा बोल्दै बास नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले सहभागि सबैलाई स्वागत गर्दै कर्मचारी र युवा स्वयम् सेवकहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए । तालिम पश्चात बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरणका लागि कर्मचारी तथा युवा स्वयम् सेवकहरुले गरिरहेको काममा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । यसैगरी उद्घाटन सत्रमा बोल्दै बासका सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजाराले बासले सञ्जालीकरण मार्फत प्रदेश भरी नै युवा परिचालन गरि काम गरिरहेको बताए । तालिम पश्चात कार्यक्रम अन्तरगत रहेका कर्मचारी र स्वयम् सेवकहरुको क्षमता अभिबृद्धी गरी नियमित गरिरहेको कामलाई थप प्रभावकारीता आउने बताए । उनले तालिमा सक्रियता पूर्वक सहभागि भएर सिकेको शिपलाई ब्यवहारिक रुपमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरेका छन् । तालिमको उद्घाटन कार्यक्रममा तालिमको बिषयबस्तुका बारेमा सहजकर्ता जितेन राईले जानकारी गराएका थिए ।
बासका कैलाली जिल्ला सहजकर्ता तेज बोहराले सञ्चालन गरेको उद्घाटन सत्रमा बासका सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजारा, बास नेपालका हेमराज भट्ट, कार्यक्रम अधिकृत शर्मिला थापा, टिपीओ नेपालका जितेन राई, दिनेश भट्राई, बास कैलाली शाखाका अध्यक्ष चिरन्जिबी छेडाल, सुदुरपश्चिमका ७ ओटा जिल्लाका मनोसामाजिक कार्यकर्ता, युवा स्वयम्सेवक गरी २५ जनाको सहभागिता रहेको छ ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech