ध्रुमपान बिरुद्ध स्टिकर अभियान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ध्रुमपान बिरुद्ध सचेतना जगाउने उद्देश्यले स्टिकर अभियान नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय बाँके र बास नेपालले विश्व ध्रुमपान रहित दिवसको अवसरमा प्रकाशन गरेको स्टिकर मंगलवार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।

हरेक वर्ष मे ३१ मा विश्वभर ध्रुमपान रहित दिवस मनाउने गरिन्छ । बिभिन्न सचेतनामुलक कार्यक्रम गरेर हरेक वर्ष मनाउदै आएको विश्व ध्रुमपान रहित दिवसको अवसरमा यस वर्ष सन्देशमुलक स्टिकर प्रकाशन गरी दिवस बनाएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राइ, प्रमुख प्रमुख प्रशासकिय अधिकृत जगत वस्नेत, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, बासका निवर्तमान अध्यक्ष रमेश सिटौला, पुर्व अध्यक्ष मन भण्डारी लगायतले एक कार्यक्रमका बिच उक्त स्टिकर सार्वजनिक गरेका थिए ।

स्टिकर सार्वजनिक कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ध्रुमपान सेवनले विभिन्न किसिमका प्राणघातक समस्याहरू निम्त्याउने गरेको बताउदै यस बिरुद्ध सबै सचेत हुनुपर्ने बताए । स्थानीय कानुन बनाएर सार्वजनिक स्थानमा ध्रुमपानको प्रयोग गर्नेलाई कानुनको दायरामा ल्याइ जरिमाना गर्ने विष्ठको भनाइ थियो । स्वास्थ्य महाशाखा प्रमुुख राम बहादुर चन्दले विश्वमा ध्रुमपानका कारणले प्रति वर्ष लाखौ व्यक्तिहरूको मृत्यु हुने गरेको बताउदै यस्को रोकथाम तथा नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राइले कार्यालयको ढोकामा सन्देशमुलक स्टिकर टाँस गरेर स्टिकर अभियानको सुरुवात गरेका थिए । ध्रुमपान बिरुद्ध बिभिन्न सन्देश उल्लेखित स्टिकर बाँके जिल्लाका सार्वजनिक कार्यालय, सार्वजनिक स्थान र सार्वजनिक यातायातका साधनमा टाँस गरिने छ ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech