यस्तो रह्यो मेरो कार्यकाल

सृष्टि रेग्मी

पाँच वर्ष अघि यहाँहरुले दिनु भएको माया र बिश्वासले नगर उपप्रमुख जस्तो महत्त्वपूर्ण जिम्मेवारी निभाउने अवसर प्राप्त भयो ।

संघियताकाे पहिलाे अभ्यास गर्ने र हरेक कुराकाे जग बसाल्नु पर्ने ऐतिहाँसिक र चुनाैतिपुर्ण जिम्मेवारी हामी बीच थियो । युवा जोश, बुवाको अधुरो सपना, आफ्नु जन्म भुमीको मुहार फेर्ने हुटहुटि लिएर चुनाबमा होमिएको म, चुनाबी परिणाममा अंक गणितले अल्पमत सहितको उप प्रमुखको भुमिकामा पुर्यायो।

दलको अल्पमत सहित काम गरि रहँदा, बहुमतलाई असफल घोषण गरि आफू सफल घोषण गर्ने छुट मलाई पक्कै थिएन । त्यसैले, पालिकाको समग्र सवालमा राम्रो कामलाई सकृयता पुर्ण सहयोग गर्दै अनियमितता, बेथिति बिरुद्ध आवाज उठाउदै आफ्ना कार्य क्षेत्रमा पुर्ण न्याय गर्दै अघि बढियो।

संविधान प्रदत्त अधिकार उपप्रमुखकाे भुमिकामा रहेर जति गर्न सकिन्थ्याे इमान्दारीता र सक्रियता पुर्वक पुरा गरेकाे छु। उप-प्रमुखकाे भुमिका आफैमा कार्यकारी भुमिका नहुँदा यहाँहरूका सबै अपेक्षाहरूलाई संबाेधन गर्न सकिन तर मेराे विवेकले भ्याए सम्म सबैकाे हितमा निश्पक्ष ढंगबाट काम गर्ने प्रयत्न गरे।विशेष गरि, यो ५ बर्षको दौउरानमा योजनामा हुने अनियमितता हामी माझ ठुलो चुनौतिको रुपमा सामना गर्नु पर्यो ।

योजना अनुगमन समितीको संयोजकको हैसियतले काम भन्दा बढी भुक्तानी लिन प्रयास गरिएका योजनाहरुमा कति बढी भुक्तानी हुन बाट रोकियो त केही योजनाहरुमा बिज्ञप्ति मार्फत आपत्ती जनाइयो ।

अनियमितता रोक्ने प्रयासका निम्ति ठुलो संघर्श गरेर ३० लाख भन्दा माथीको योजनामा e- bid प्रक्रिया कार्यन्वयन गर्न लगाइयो। पाँच वर्षकाे कार्यकालमा आजका दिन सम्म एक रूपैया भ्रष्टाचार गरेकाे छैन र कसैसँग कमिसन खाएकाे छैन। त्यसै गरि समाजिक न्याय सहितको बिकास, कुरिती विरुद्ध अभियान, महिला सशक्तीकरण, किशोरीलाइ प्राबिधिक शिक्षाका निम्ति छात्रवृत्ति, सुत्केरीलाई २०,००० यातायात खर्च प्रदान , पोषणका निम्ति बिभिन कोसेलि कार्यक्रम , १००% महिला उपभोक्ता समिती निर्माण जस्ता केही प्रयास मार्फत समाजिक न्यायका निम्ति अनव्रत प्रयास गरियो ।

अन्ततः म प्रतिको याे माया सद्भाव र सहानुभुति देखाउनु हुने मेरा आदरणिय नगरबासी, पार्टीका आदरणीय अग्रज ब्यक्तिहरु, पालिकाका कर्मचारी, मार्ग दर्शक मेरो परिवार र अभिवाब क, मेरो राजनैतिक यात्राले पहिलो पाइला चालेको भूगोल : पोखराका सम्पुर्ण दाइ, दिदि, गुरुहरु, अखिलका कमरेडहरु प्रति आभार व्यक्त गर्दछु ।

यहाँहरूकाे माया, सद्भाव र साहनुभुति नै मेराे जीवनका लागि महत्वपूर्ण उर्जा हुन । म पदमा रहुँ वा नरहुँ सँधै यहाँहरूकाे साथमै रहि समाजिक काममा अझ सक्रियता पुर्बक लाग्ने छु ।

अन्तमा नयाँ निर्वाचित भई आउनु हुने नगरपालिकका प्रमुख उपप्रमुख वडा अध्यक्ष, वडा सदस्यमा निर्वाचित हुनुहुने सम्पूर्ण जनप्रतिनिधि ज्यु हरूमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दै उप प्रमुख र कार्यबाहक प्रमुखको समेत जिम्मेवारी पूरा गर्दै अब आउनेलाई हस्तान्तरण गर्दछु !

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech