सेतुको शालिक तोडफोड

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जको वीरेन्द्रचोकमा राखिएको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि आक्रोशित राजावादीहरुले सेतु बि.क.को शालिक तोडफोड गरेका छन् ।

तोडफोड गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सहिद सेतु चोक भन्दा पहिले २०६२/०६३ को आन्दोलन अघि यो चोकलाई पूर्व राजा ज्ञानेन्द्र चोक भन्ने गरिन्थ्यो । यस अघि पनि सेतुको शालिक तोडफोड गरिएको थियो ।

यसै बिच नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दरबार हत्याकाण्डको दिन पारेर नेपालगञ्जमा बिहिवार भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छन् ।

नगर प्रमुख विष्टले घटनालगत्तै धम्बोझी चोक र शहीद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिएका छन् । उनले शहीद सेतु विकको शालिकमा तोडफोड गर्ने कार्यको निन्दा गरेका छन् । वीरेन्द्र चौकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्वद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

स्व. राजा वीरेन्द्रको शालिक राख्नेक्रममा भएको झड्पमा परि घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको नगर प्रमुख विष्टले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech