जोखिममा रहेका बालबालिकाको तथ्याँक संकलन गरिने

असल शासन प्रतिनिधि

बैतडि/ जोखिममा रहेका बालबालिका तथा किशोरीहरु र सरोकारवाला विच कार्यशाला बिहिबार बैतडिकोे दशरथ चन्द नगरपालिकामा सम्पन्न एको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत दशरथ चन्द नगरपालिका वडा न १, ५ र ६ मा संचालित रुपान्तरण कक्षामा सहभागी बालबालिकाहरु मध्ये जोखिममा रहेको बालबालिकाहरुलाई सरकारी सेवा प्रवाहसंग जोड्ने र आर्थिक सशक्तीकरणमा लैजाने उद्देश्यले उक्त कार्यसाला आयोजना गरिएको हो । युनिसेफ नेपालको सहयोग दशरथचन्द नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा सम्पन्न भएको बैठकमा बालबालिकाहरुले आफुहरुलाई शैक्षिक सामाग्री तथा बिधालय पोषाखको समस्या रहेको कुरा बताएका थिए ।


बालबालिकाबाट उठेका सवालहरुको जवाफ दिदै दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बिनोद चन्दले पालिकाभित्र जोखिममा रहेका सम्पुर्ण बालबालिकाको तथ्यांक यथासक्य संकलन गरि सोही बमोजिम योजना बनाई बालबालिकाको संरक्षणमा कार्य गर्ने बताए । तत्कालिन सहयोगको आवस्यकता भएका बालबालिकालाई नगरपालिका तथा संघसंस्थाको सहकार्यमा राहतको प्रदान गर्ने बताउदै चन्दले बालबालिकाको जन्मसिद्ध अधिकारलाई सुनिश्चित गर्ने प्रतिवद्वता गरेका थिए । त्यस्तै महिला तथा बालबालिका शाखा प्रमुख लिला कुंवरले जोखिममा रहेका बालबालिकालाई पहिचान गरि सामाजिक सेवा प्रवाहमा जोड्ने बताइन् । कार्यक्रममा बोल्दै स्वास्थ शाखाका जनस्वास्थ्य अधिकृत वर्षा योगिले बालबालिका स्वस्थ भए मात्र अन्य संरक्षण र विकासको कुराहरु आउने भएकाले बालबालिकाको स्वास्थ्यलाई समेत ध्यान दिई बजेट बिनियोजन गर्ने बताइन् ।


नगर प्रमुख पुष्कर राज जोशि अध्यक्षतमा गर्नु भएको बैठकको सहजिकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । यूनिसेफ नेपालको सहयोगमा संचालित बाल संरक्षण कार्यक्रम सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा संचालित छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech