बालबालिकाको अनिवार्य सहभागिता आवश्यक

असल शासन प्रतिनिधि

आगामी योजना तर्जुमा गर्दा बालबालिका र सबै लक्षित वर्गको सहभागितामा गर्ने प्रतिबद्धता गरिएको छ । बझाँगको वित्थडचिर गाउँपालिकामा आयोजित गाउँपालिका स्तरीय सरोकारवाला र युवा तथा बालक्लवका पदाधिकारीहरु बिचको अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो ।
यनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा वित्थडचिर गाउँपालिकामा आयोजित अन्तक्रियामा सहभागिको प्रश्नको जवाफ दिदै गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कलक बहादुर बोहराले पालिकाको योजना तर्जुमा गर्दा बालबालिकाको अनिवार्य सहभागिता गराउन तयार रहेको बताए । अन्तरक्रियामा किशोरी संजालका अध्यक्ष जानकी वि.क.ले आफुहरुलाई योजना तर्जुमा गर्दा वडा र गाउँपालिकाले सहभागि नगराएको बजेट माग गर्दा समेत गाउँपालिकाले बजेट विनोयजन नगरेको गुनासो गरेकी थिइन् ।

त्यस्तै अन्तरक्रियामा आफ्नो भनाई राख्दै युवा क्लवका सचिव प्रकाश महरले पालिका स्तरिय युवा क्लव संजाल गठन गर्ने भनियतापनि त्यो नगरेको र युवाहरुका लागि बजेट समेत विनियोजन नगरेको बताए । अन्तक्रियामा उठेका प्रश्नहरुको जवाफ दिनु हुँदै वडा नं. २ का कार्यवाहक अध्यक्ष मान वहादुर बोहराले हिजोका दिनहरुमा भएको कमजोरी अब आफुहरु नगर्ने बताए । त्यस्तै वडा नं. ४ का वडा अध्यक्ष अनिल सिँह महरले विकासलाई केवल भौतिक रुपमा मात्र नहरी सामाजिक विकासमा समेत आफुहरु लाग्ने बताए ।
अन्तरक्रियमा उठेका सवालहरुलाई समेट्दै गाउँपालिकाले योजना तर्जुमा गर्दा सम्पूर्ण बालबालिका र युवाहरुको सहभागिता योजना तर्जुमा गर्ने, बालबालिका र युवाहरुको सशक्तिकरणको लागि बाल क्लव र युवा क्लवहरु गठन गर्ने, परिचालन गर्ने र बजेट विनियोजन गर्ने, गाउँपालिका र वडाले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमको प्रभावकारी सूचना सम्प्रेषण गर्ने र अनिवार्य रुमा बालबालिका र युवाको सहभागिता गराउने, वडामा पूर्व गठित बाल क्लव तथा युवा क्लवहरुको पुर्न गठन गर्ने, अनुगमन र नियमन गर्ने लगायतका ४ बुद्धे प्रतिबद्धता जाहेर गरिएको थियो ।
अन्तरक्रियामा गाउँपालिकाको गतिविधिको बारेमा गाउँपकालिकाका उपप्रमुख धनलक्ष्मि सिहं मल्लले जानकारी गराएकी थिइन भने बालबकालिका र महिलाको क्षेत्रमा भएको कार्य प्रगति विवरणको वारेमा महिला तथा बालबालिका शाखा प्रमुख सावित्रि अवस्थिले जानकारी गराएकाी थिइन् । ३५ जना सहभागि रहेको अन्तरक्रियाको सहजिकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech