एक हप्ता भित्र तथ्यांक अध्यावधिक गरिने

असल शासन प्रतिनिधि

बझाँग/ बित्थाड्चिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पुर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने प्रतिबद्धता घोषण गरेको छ । यो सँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउने लगाएको ४ बुद्ध प्रतिबद्धता गरिएको हो । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता ब्यक्त गरिएको हो । बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको वडा न २, ४, ५ र ६ क बुवा आमा गुमाएका, अपांगता भएका १० जना बालबालिकाको सहभागीता रहेको थियो ।

बैठकमा बालबालिकाहरुले आफुहरुलाई पठान पाठन सामाग्री आवस्यक रहेको बताए थिए । बालबालिकाको मागलाई सम्बोधन गर्दै वडा न ४ का वडाध्यक्ष कलक बहादुर बोहराले कुनै पनि बालबालिका संरक्षणबाट बन्चित नहुने गरि योजना तर्जुमा गर्ने र बजेट विनियोजन गर्ने बताएका थिए । त्यस्तै वडा न ५ का वडाध्यक्ष अनिल सिहं महरले आफ्नो कार्यकालको पहिलो वर्षमा जोखिममा रहेको बालबालिकाको तथ्याँक संकलन गरि आवब्यक योजना तयार गर्ने बताएका थिए। त्यस्तै वडा न २ का कार्यवाहक वडाध्यक्ष मान बहादुर बोहराले बिगतको भन्दा फरक तरिकाले बालबालिकाको क्षेत्रमा काम गर्ने बताए ।

बैठकमा विषय बस्तु माथी प्रकाश पार्दै बासका रुपान्तरण सहजकर्ता राजेस्वरी भट्टराईले रुपान्तरणमा सहभागी केही बालबालिकालाई संरक्षणको निकै जरुरी भएकोले स्थानीय सरकारबाट सहयोग हुनु पर्ने बताइकी थिइन् । २२ जनाको सहभागीता रहेको बैठकको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech