स्वतन्त्र पत्रकार संघको राष्ट्रिय अध्यक्षमा बास्तोला

असल शासन प्रतिनिधि

नवलपुर÷स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा कृष्ण प्रसाद बास्तोला निर्वाचित भएका छन् ।
नवलपुरको गैंडाकोटमा शनिवार सम्पन्न दशौं राष्ट्रिय साधारणसभा तथा चौथो राष्ट्रिय महाधिबेशनबाट बास्तोला राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । बास्तोला संघको संस्थापक अध्यक्ष समेत हुन् ।
राष्ट्रिय समितिको बरिष्ठ उपाध्यक्षमा के.बि. सम्राट, उपाध्यक्षमा निरज गौतम, बिरेन्द्र पाण्डे, तृष्णा लक्ष्मि गुरुङ्ग, महासचिवमा महेश बिक्रम कुवँर, सह—महासचिवमा सुरेश श्रेष्ठ, कल्याण पन्त, रत्नकाजी प्रजापति, कोषाध्यक्षमा बद्रि बहादुर दुलाल, सहकोषाध्यक्षमा सिता दर्नाल सर्बसम्मत निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय सदस्यहरुमा क्रमशः शरद शर्मा, दिलाराम भण्डारी, दिपक कुम्हाल, जित सागर जिएम, प्रेम बहादुर बुढाथोकी र निर्मला पोख्रेल निरु निर्बिरोध भएका छन् ।
निर्वाचन समिति संयोजक बरिष्ठ पत्रकार नारायण कार्कीले निर्वाचित पदाधिकारीहरुले बधाई ज्ञापन गरेका थिए ।
महाधिबेशनको उद्घाटन गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका हुन् ।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech