बिरुवाको संरक्षण गरि वातावरण जोगाउन अपिल

असल शासन प्रतिनिधि

नेपालगन्ज / विश्व वातावरण दिवसको अवसरमा नेपालगन्जमा बृक्षारोपण गरिएको छ ।
डिभिजन बन कार्यालय बाँके, बास नेपाल स्वयम् सेवक समुह र दलित महिला सँघ (फेडो) द्धारा संयुक्त आयोजनामा नेपालगन्ज स्थित डिभिजन बन कार्यालय परिसरमा ५० बढी फलफुलका बिरुवा रोपिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

बृक्षारोपण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले वोट विरुवाको संरक्षणमा जोड दिन अपिल गरेका थिए । हरेक बर्ष एक ब्यक्तिले एक बिरुवा रोपेर त्यसको संरक्षण गर्दै गएमा वातावरण संरक्षण हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रशाद शर्माले सबैले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालयका प्रमुख अजित कुमार कर्णले विश्व वातावरण दिवसको अवसरमा जिल्ला भरी कार्यक्रम भईरहेको बताए । उनले सबैलाई वातावरणको संरक्षण गर्न अपिल गरे । बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत डिभिजन बन कार्यालयका सहायक बन अधिकृत टेक नेपालीले गरेका थिए ।

 

 

 

 

 

 

 

 

बृक्षारोपण कार्यक्रमको बिरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रशाद शर्मा, डिभिजन बन कार्यालयका प्रमुख अजित कुमार कर्ण, बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा लगायत अथितिले उद्घाटन गरेका थिए ।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech