वातावरण दिवसमा बक्तृत्वकला

असल शासन प्रतिनिधि

नेपालगन्ज/बिश्व वातावरण दिवसको अवसरमा दिगो विकासका लागि वातावरण संरक्षण बिषयक जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा ३१ जना प्रतियोगिहरुलाई पछी पार्दै जिभिएन कलेज नेपालगन्जका बिवेक शर्माले प्रथम स्थान हासिल गरेका छन् ।


डिभिजन बन कार्यालय बाँके, बास नेपाल र दलित महिला सँघ (फेडो) द्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा द्धितिय स्थान ज्ञानोद्धय माबि खजुराका प्रियंका चौधरी, यसैगरी कलेज अफ इन्जिनियरिंग अफ नेपालगन्जका देबेन्द्र पोडेल तृतीय र ग्रिनपिस सेकेन्डरी स्कुल कोहलपुरका जानभी अर्यालले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगितहरुले पुरस्कार स्वरुप क्रमशः नगद १० हजार, प्रमाण पत्र, मेडल र बिरुवा, ७ हजार, प्रमाण पत्र, मेडल र बिरुवा, ४ हजार, प्रमाण पत्र, मेडल र बिरुवा र १५००, प्रमाण पत्र, मेडल र बिरुवा प्राप्त गरेका छन् भने सहभागिहरुलाई प्रमाण पत्र र बिरुवा प्रदान गरिएको थियो ।
प्रतियोगितहरुलाई पुरस्कार तथा प्रमाण पत्र डिभिजन बन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्ण, निर्णायक रुद्र प्रदान तिमिल्सिना र बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले प्रदान गरेका थिए ।


प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले वातावरण रहेमा मात्रै जिवन सम्भव हुने भन्दै सबैलाई वातावरणको संरक्षण गर्न अनुरोध गरे । वातावरण संरक्षणका सवालमा नेपालगन्ज उमपहानगरपालिकाले आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाई थियो । यसैगरी कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालयका प्रमुख कर्णले विश्वभरी नै भव्यताका साथ मनाईरहेको वातावरण दिवस बाँकेमा मनाउने सबैलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बोलेका थिए ।


डिभिजन वन कार्यालयका बाँकेका, डिभिजन वन अधिकृत अजित कुमार कर्णको अध्यक्षतामा संञ्चालन गरिएको कार्याक्रममा प्राध्यापक रुद्र प्रशाद तिमिल्सना, टेक नेपाली र कमल बहादुर शाहीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech