६ प्रश्नमा चमेली बाकबल

चमेली बाकबल

१. तपाईंको जीवनको आदर्श के हो ?
– समाजमा रहेका हरेक विकृति, विसंगति, अन्याय, अत्याचारलाई अन्त्य गर्दै सुन्दर समाज निर्माण गर्नु मेराे जीवनकाे आदर्श हाे ।

२. कसको प्रेरणाले यहाँसम्म आईपुग्नु भयो ?
– यहाँ सम्म आउँदा मेराे जीवनमा महत्वपुर्ण भुमिका खेल्नुहुने उत्प्रेरणाकाे स्राेत भनेकाे मेराे आमा, बुवा अनि मामा हुनुहुन्छ वहाँहरुले गर्दा मलाई समाजप्रति उत्तरदायी बन्दै अगाडि बढ्ने हाैसला मिलिरहेको छ ।

३- तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– म सानै उमेर देखिनै विद्यार्थी राजनीति गर्दै, विभिन्न गैरसरकारी संस्था मा आवद्द हुँदै चुलाचाैकामा सिमीत रहेका दिदीबहिनीहरूलाई विभिन्न महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरि विभिन्न नेतृत्व तहमा पुग्नकाे लागि पहलकदमी गरेको हुँ । जुवातास,जाँड, रक्सी जस्ता गलत कार्यमा व्यस्त हुने पुरूष दाजु-भाईहरूलाई त्यस कार्य गर्नबाट राेक्दै,र सहकारीमा आबद्द हुँदै सम्पूर्ण किसानहरूलाई कृषि वाली,पशुमा आधुनिकरण गर्दै आर्थिक सशक्तीकरणका लागि प्रेरित गर्दै आएकाे छु । अझै धेरै गर्न बाँकी छ।

४- तपाईंको जीवनको अबिष्मरणीय क्षण ?
– मेराे जीवनकाे अविस्मरणीय क्षण भनेकाे हामी ४ दिदी-बहिनीकाे १ मात्रा भाई, दाई लाई २०६८ सालमा गुमाउनुकाे पीडा हो, जुन जीवनभर भुल्न सक्दिन।

५- तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
– मेराे बुझाईमा शासन व्यवस्था पारदर्शी, जनउत्तरदायी, जनमुखी, प्रभावकारी र अर्थपुर्ण सहभागीता हुनु असल शासन हाे ।

६- समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
– मेराे जीवन रहे सम्म समाज प्रती सदैव समाज परिवर्तन काे लागि अग्रणी भुमिका खेल्दै सुन्दर समाज बनाउनका लागि लागि रहने मेरो प्रतिबद्धता रहेको छ ।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech