स्वतन्त्र पत्रकार शाह गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

असल शासन प्रतिनिधि

नवलपुर / स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशनको अवसरमा स्वतन्त्र पत्रकार सँघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह सम्मानित भएका छन् ।
संघको जेष्ठ २१ गते सम्पन्न अधिबेशनको भब्य कार्यक्रमका बिच चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार नमस्कार शाह नगद ११ हजार सहित सम्मानित भएका हुन् । कार्यक्रमका बिच शाहसँगै झापाका नरेन्द्र ढकाल, क्रियाशील पत्रकारिता पुरस्कार–२०७७ बाट नवलपुरका सविता तिवारी र दांगका डिलाकुमारी चौधरी सम्मानित भएका छन् ।


अधिबेशनको अवसरमा सामाजिक विकास पत्रकारिता पुरस्कार– २०७७ बाट पोखराका भूपनिधि पन्त र विराटनगरका मोहन भण्डारी नगद २५ हजार सहित सम्मानित भएका छन् । यसैगरी स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङ शाखाको क्रियाशील पत्रकारिता पुरस्कार – २०७६ बाट हेटौडाका सरेश श्रेष्ठ, पुरस्कार– २०७७ बर्दियाका भावुक योगी र पुरस्कार– २०७८ पोखराका तिर्सना लक्ष्मी गुरुङ सम्मानित भएका छन् । सम्मानीत हुने पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि केवि मसाल र स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा गरेका थिए ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech