आमा बुवा गुमाएका बझाङ्गका चार बालवालिकालाई सहयोग

असल शासन प्रतिनिधि

बझाङ्ग / बझाङ्गको वित्थडचिर गाउँपालिकाका चार जना आमा बुवा गुमाएका बालवालिकालाई सहयोग गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित बाल संरक्षण कार्यक्रम अन्तरगत बित्थडचिर गाँउपालिकामा चलीरहेको रुपान्तरण कक्षाका सहभागि ४ जना लाई उक्त सहयोग गरिएको हो। यसरी सहयोग प्राप्त गर्नेहरुमा वित्थडचिर गाउँपालिका वडा नम्बर २ का जनक बोहरा, वडा नम्बर ४ का ललित ढाँट, वडा नम्बर ५ का पुस्कर बोहरा र वडा नम्बर ६ का सुशिल ढाँट रहेका छन् ।

आर्थिक अभावका कारण बिद्यालय समेत जान नसकेका ति वालवालिकाहरुलाई सहयोग हस्तान्तरण बित्थडचिर गाउँपालिकाका उपाध्यक्ष धन लक्ष्मी सिँह मल्ल, वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष विमला स्याँड, केदार माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान बहादर ढाँट, बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा र बास नेपालका रुपान्तरण सहजकर्ता सुरेश ढाँटले संयुक्त रुपमा गरेका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिँह मल्लले आगामी दिनमा बुुवा आमा गुमाएका, संरक्षण विहिन भएका बालबालिकाको लागि गाउँपालिकाले आवश्यक योजना बनाएर संरक्षण गर्ने प्रतिबद्धता गरिन्।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech