प्रेमीकै मिलेमतोमा सामुहिक बलात्कार !

जन्म दिन मनाउन बोलाएर बलात्कार

असल शासन प्रतिनिधि

नेपालगञ्ज/प्रेमीले आफ्नै प्रेमिकालाई सामुहिक बलात्कार गराउन सक्छ ? सक्दैन तर यो असम्भव प्रायः घटना बाँके जिल्लामा घटेको छ ।

जानकारी अनुसार, सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान गरेर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘जन्म दिन’ मनाउन बोलाएर बाँके बैजनाथ गाउँपालिकाका एक युवकले राप्तीसोनारी गाउँपालिकाकी किशोरीलाई साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् ।

प्रहरीका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

बाँके, बर्दियाको सीमामा पर्ने मानखोलाको जङ्गलमा उक्त घटना घटेको बताईएको छ । बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले पक्राउ गरेको छ ।

घटनाको विवरण अनुसार प्रेमी भेट्न बस चढेर मानखोला पुगेकी किशोरीलाई शनिबार साँझ प्रेमी हेमराज र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाएका थिए । बढैयाताल घुमाएर मानखोलाको फुलवारीमा ल्याएर उनीहरुले शनिबार राती मदिरा सहितको जन्म दिन उत्सव गरे ।

किशोरी मदिरामा लठ्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालै पालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जानकारी अनुसार, सामुहिक बलात्कारमा परेकि किशोरी बेहोस भएपछि शनिबारनै किशोरीलाई मोटर साईकलमा राखेर बाँके बैजनाथ ८ स्थित पिपरीमा रहेको बिक्रान्त थारुको घरमा पु¥याईएको थियो । बिक्रान्तको गोठमा सुताइएकी किशोरीको जव होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे । किशोरी फेरि बेहोस् भईन् । मानखोलाको जङ्गलमा प्रेमी भनिएका हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले बलात्कार गरेका थिए भने बिक्रान्तको गोठमा निराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए ।

अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्याईदिने भन्दै बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाईकलमा हिंडिरहेका बेला उनीहरु नेपालगन्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङमा परे ।

आईतबार बिहान प्रहरी चेकिङमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई मोटरसाईकलको बिचमा राखेर नेपालगन्ज तर्फ लैजाँदै गरेको प्रहरीले भेटाएपछि शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । होसमा आएपछि प्रहरीको सोधपुछमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको टोलिले बलात्कारमा संलग्न बैजनाथ ८ का हेमराज थारु, बिक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई पक्राउ गरेको छ भने बलात्कारको मतियारकारुपमा सहयोगी भुमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डीएसपी मधुसुदन न्यौपानेले बताए ।

बलात्कारमा संलग्न बिक्रान्तले गोठमा बलात्कार गर्दा कण्डम प्रयोग गरेको साबिती बयान दिएको भन्दै प्रहरीले प्रमाणकारुपमा प्रयोग गरेको कण्डम समेत बरामद गरेको छ ।

किशोरीको स्वास्थ्य परिक्षण गरि पक्राउ परेकाहरुलाई जबर्जजस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech