बाघले महिलालाई गर्यो आक्रमण, ओराली बजारमा चक्काजाम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बर्दियाको ओराली बजारमा चक्काजाम भएको छ ।

बाघले मान्छेलाई आक्रमण गरेको विरोधमा ओारली बजारका स्थानीयहरुले हुलाकी राजमार्गमा चक्काजाम गरेका हुन् ।

सोमवार बिहान ८.०० बजे मधुवनको वडानम्वर २ ओराली बजार नजिकै रहेको सोनाह गाउँमा आफ्नै बारीमा काम गरिरहेको बेला ४१ बर्षिया महिला अस्मिता थारुलाई बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि चौधरी घाईते भएकि छिने । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।

बाघले पटक, पटक आक्रमण गरेर स्थानीयको ज्यान लिँदा समेत स्थानीय सरकार, प्रहरी, प्रशासनको ध्यान नगएको भन्दै स्थानीयहरु आन्दोलनरत रहेको स्थानीय मिनु चौधरीले बताईन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको नजिकै रहेको यो गाउँमा एक वर्ष यता मात्रै बाघले २६ जनालाई आक्रमण गरेको थियो । जस मध्ये केहीको मृत्यु भएको थियो ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech