बीरेन्द्र चौकमा यस्तो भयो

गगन थापा

वीरेन्द्र चोकमा जेष्ठ १९ गते भएको झडप गम्भीर घाइते भएका नेपालगन्ज महेन्द्र नगर पोष्टका शसस्त्र प्रहरी नायव निरिक्षक पृथ्वी शाहीको उद्धार पछि अवस्था सामान्य रहेको छ ।

अरु राजनैतिक जोड घटाउमा व्यस्त हुँदा म चाहिँ उनको अवस्था बुझ्न भेरी अस्पताल पुगें । उनी सङ्गै अरु ८ जना प्रहरीका घाइते उपचार गराउँदै थिए । झडपमा प्रदर्शनकारी र सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरू नै घाइते भएका छन् भने आधा दर्जन प्रर्दशकारी पक्राउ परेका छन् ।

राजनैतिक दाउपेच कसको के होला थाहा भएन तर अवस्था यति सम्मको हुनु राम्रो कुरा पक्कै होईन । वीरेन्द्र चोकमा स्व. वीरेन्द्रको सालिक राख्दा यति धेरै दमन हुनु पर्ने कारण केही थिएन बरु शासकले सोच्नु पर्ने थियो त्यही जनताले हिजो त्यो सालिक त्यहाँबाट हटाएको थिए आज तिनै जनता सालिक राख्न आए । जब प्रहरीले बलजफ्ती सालिक हटाउने प्रयास भयो अनि जनताले आक्रोशमा प्रहरी माथि ढुंगा मुढा सुरु गरेका थिए । आक्रोश त्यतिमा सीमित भएन त्यसको मार सेतु विक चोकले चुकाउनु पर्यो जुन कार्य अत्यन्तै निन्दनीय छ ।

त्यसैले बाँकेका राजनैतिक नेतृत्वले सर्वक्षीय बैठक राखि यी घटनाको समाधान खोज्नु पर्छ । होइन भने राजनीतिक दाउपेचका बीच अझ कति सर्वसाधारले दुःख भोग्नु पर्ने हो र सार्वजनिक सम्पतिको नास हुने हो त्यसको लेखाजोखा हुनेछैन ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech