सम्झनामा चुत्र बहादुर

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालका गण्डकी प्रदेशका पूर्ब प्रदेश संयोजक चुत्र बहादुर महत निधन भएको १३ औं पूण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको छ ।

बास नेपालले केन्द्रीय कार्यालयमा उक्त सभा जेष्ठ १९ गते सम्पन्न गरेको हो ।

जण्डिस रोगबाट ग्रसित महतको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा जेष्ठ ६ गते शुक्रवार निधन भएको थियो ।

बास नेपालको स्याङ्जा शाखा अध्यक्ष रहेका महतको नयाँदिल्ली स्थित गान्धी अस्पतालमा उपचार भईरहेको थियो ।

अस्पतालबाट डिस्चार्ज भई घर फर्किने तयारी भईरहेका बेला उनको नयाँदिल्लिमा निधन भएको थियो । महतको नयाँ दिल्लिमै दाहसंस्कार गरिएको थियो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी, केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जनसम्पर्क बिभाग प्रमुख कमल शाही लगायतले बोलेको कार्यक्रममा महतको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले दिबंगत महतको व्यक्तित्व बारे चर्चा गर्दै बासलाई उनले पुर्याएको योगदानको अबिष्मरणिय रहेको बताएका थिए । उनीहरुले अल्पआयुमा निधन भएका महतको अभाव बासलाई सधैं भईरहने बताएका थिए ।

लामो समय बासको बिभिन्न जिम्मेवारीमा रहेर उनले पुर्याएको योगदान हामी कहिल्यै भुल्ने छैनौं, केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले कार्यक्रमको समापन गर्दै भनिन्, बास वहाँलाई सधैं सम्झिरहनेछ ।

महतको सम्झनामा १ मिनेट मौनधारण गरिएको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, स्वयंसेवक लगायतको उपस्थिती रहेको थियो ।
भिरकोट नगरपालिका वडानम्वर ३ पाणेथोक निवासी महत भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको २०७१ सालमा साधारण सदस्य भई भ्रष्टाचार बिरुद्धको अभियान शुरुवात गरेका थिए ।

२०७१ साल चैत्र महिना देखि बास नेपालको स्याङ्जा शाखा अध्यक्षको रुपमा कार्यरत रहेका थिए । २०७४ देखि २०७६ सम्म बासको पश्चिमाञ्चल उपाध्यक्ष रहेका महत २०७६ देखि २०७८ सम्म गण्डकी प्रदेशको संयोजकको रुपमा कार्यरत रहेका थिए ।

पत्रकारितामा समेत सक्रिय रहेका महत नेतृत्वको बास स्याङ्जा शाखा बासका शाखाहरु बिच हुने उत्कृष्ठ शाखा प्रतियोगितामा उत्कृष्ठ हुँदै प्रथम, द्धितिय स्थान हासिल गर्दै पुरस्कृत भएको थियो । महतको नेतृत्वमा स्याङ्जा शाखाले भ्रष्टाचार बिरुद्धका बिभिन्न अभियानहरु सञ्चालन गर्नुका साथै बिभिन्न बिषय र बिभिन्न निकायका सार्वजनिक सुनुवाई सञ्चालन गर्दै आएको थियो ।

 

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech