ओराली बजारमा चल्यो गोलि, एक महिलाको गयो ज्यान

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियामा बाघ आतंक कायम रहि तीन बर्ष यता २३ जनाको ज्यान जाँदा समेत मौन रहेको भन्दै स्थानीयहरु आक्रोशीत भएका छन्  ।

सोमबार मधुवनको ओराली बजारमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक महिलाको मृत्यु भएको छ । प्रहरीको गोलि लागि मधुवन २ कि नबिना चौधरीले ज्यान गुमाएकी छिन् ।

प्रहरीले झडप नियन्त्रण गर्ने नाममा दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।

प्रदर्शनमा उत्रेका वन्यजन्तु पीडितले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका थिए ।

दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका थिए ।

घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

  • २४ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech