जनगुनासो निवारण विषयक अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँको डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ का नागरिकहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गरेका छन् । सोमबार सम्पन्न भएको जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दैे विकासको माग गरेका हुन् ।

डुडुवा गाउँपालिकाको सहकार्यमा बासद्वारा सञ्चालित नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत भएको सामुदायिक अन्तरक्रियामा वडावासीहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिका र वडासंग विकासका बिभिन्न माग राखेका थिए । कार्यक्रमका सहभागिहरुले लक्षित वर्गलाई पत्र्यक्ष लाभ हुने खालका लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चान हुनुपर्ने, खानेपानीको समस्या समाधान गरिनुपर्ने लगायतका मागहरु राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षर झंक बहादुर थापा, वडा नम्बर ४ का वडा सदस्य सकिना बेगम र मिलन यादवले सहभागिहरुले राखेका प्रश्नको जवाफ दिएका थिए । सहभागिहरुले राखेका विषयलाई सम्बोधन गर्दै जनप्रतिनिधिहरुले आगामी योजना तर्जुमा गर्दा नागरिकहरुको समस्यामा आधारित रहेर गर्ने प्रतिबद्धता गरेका थिए ।

वडा नम्बर ४ मा सम्पन्न भएको कार्यक्रम बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सहजिककरण गरेका थिए भने कार्यक्रम संयोजक मन भण्डारीले कार्यमको उद्देश्यमाथि प्रकास पारेका थिए । त्यसैगरी वडा नम्बर ५ मा सम्पन्न भएको कार्यक्रम बासका केन्द्रीय सदस्य तपेन्द्र मलातीले सञ्चालन गरेका थिए भने केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले कार्यमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

 

  • २४ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech