दुई स्थानमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

बाँके / डुडुवा गाउँपालिकाको दुइ स्थानमा जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ होलिया वडा नम्बर ६ हिरमिनियामा सो अन्तरक्रिया मंगलबार सम्पन्न भएको हो ।


वडाका नागरिकहरु र जनप्रतिनिधिबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले वडाबाट प्रवाह हुने सेवा सुविधा छिटो, छरितो, गुर्णस्तरिय र प्रभावकारी हुनुपर्ने बताएका थिए । सहभागिहरुले वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माणमा गाउँपालिका र वडाको ध्यान जानुपर्ने, सिपविकास तथा आयआर्जनमुलक तालिम सञ्चालन गनुपर्ने, नागरिकहरुको सहभागितामा योजना तर्जुमा गर्नुपर्ने सुझाव दिएका थिए ।


कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्षर पट्टेश्वरी कुर्मी, वडा सचिब श्यामलाल गोडिया, वडा नम्बर ६ का वडा अध्यक्ष मोहन मिश्रा, वडा सदस्य मादेन अली शेष, राधेश्याम भुराउ, वडा सचिब बच्छराज यादव लगायतले सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । सहभागिहरुले राखेका विषयलाई सम्बोधन गर्दै जनप्रतिनिधिहरुले आगामी योजना तर्जुमा गर्दा नागरिकहरुको समस्यामा आधारित रहेर गर्ने र नागरिकहरुको सम्मानमा कुनै पनि आच नआउने गरी कार्य गर्ने प्रतिबद्धता गरेका थिए ।


बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सहजिककरण गरेको कार्यक्रममा कार्यक्रम संयोजक मन भण्डारीले कार्यमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

 

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech