पौडी खेल्ने क्रममा राप्तीमा बेपत्ता दुईको शव फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । हुम्ला, सिमिकोट गाउँपालिका–८ घर भई हाल नेपालगन्ज–१ धम्बोझीमा कोठा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र सोही ठाउँ निवासी वर्ष १८ कै लेकराज छन्त्यालको शव फेला परेको हो ।

बुधबार घरबेटीको मलामीका लागि राप्ती नदी गएका उनीहरु घर नफर्केपछि साँझ ६ बजेतिर खोजी गर्दा नदीको छेउमा दुई जोडी कपडा र एउटा मोबाइल फेला परेकोले नुहाउने क्रममा नदीमा बेपत्ता हुनसक्ने आशंका गरिएको थियो । उनीहरुको बिहीबार बिहान खोजी गर्दा राप्ती नदिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरु पौडी खेल्ने क्रम डुबेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार दुवै जना नेपालगन्जको धम्बोझी मा.बि.बाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech