लागुऔषधसहित ४ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लागुऔषध सहित चारजना पक्राउ परेका छन् । नेपालगन्जको जमुनाहा नाकाबाट बिहीवार जानकी गाउँपालिका २ कठोरपुर बाँकेका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही पक्राउ परेका हुन् ।

सुनार र विष्ट सवार भे ६ प ९७७३ नम्वरको स्कुटीलाई जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा शाहीको पाइन्टको बायाँ खल्तीमा ४ सय ५० लिमिग्राम ब्राउन सुगर फेला परेको हो ।
जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक माधव रिजालका अनुसार उनीहरुको साथबाट तराजु समेत फेला परेको छ । सुनार र शाही कारोवारी रहेको खुलेको छ । उनीहरुले ब्राउनसुगर विष्ट र घोषीलाई विक्री गर्न ल्याएको भनेर बयान दिएपछि उनीहरु पनि प्रहरीको फन्दामा परेका हुन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech