५–११ वर्षकालाई असार ९ देखि कोभिड–१९ विरुद्धको खोप लगाइँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ । असार ९ गतेदेखि सुरु चरणमा बाँकेसहित २७ जिल्लाका खोप अभियान संचालन गरिने छ र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । उनका खतिवडाका अनुसार देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको हो ।

पहिलो चरणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरासहित २७ जिल्लामा खोप लगाउने तयारी छ ।
बालबालिकालाई दिइने उक्त खोप कोभ्याक्स मार्फत केही नेपाल आइसकेको छ भने केही आउने चरणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech