ठूलो बुवाबाटै बलात्कार !

असल शासन प्रतिनिधि

बर्दिया/बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बुवाबाट बलात्कृत भएकि छिन् ।

बर्दिया जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीय ठुलो बुवाले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती हाडनाता करणी गरेको जाहेरीका आधारमा ढोडरी प्रहरी कार्यालयले निजलाई पक्राउ गरेको थियो ।

यस बिषयमा थप अनुसन्धान भईरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पीडित युवतीलाई माइती नेपाल  गुलरियाको संरक्षणमा राखिएको छ ।

 

  • २८ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech