बुटवल/ गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशको दाेश्राे अधिवेशन जेष्ठ २८ गते बुटवलमा सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज गोबिन्द प्रसाद रेग्मीकाे अध्यक्षतामा सम्पन्न अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनमा गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी, केन्द्रीय महासचिव अर्जुन भट्टराई, मानव अधिकार एलाईन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, सचिव शाेभाराम डाँगी, गैसस महासंघका केन्द्रीय सदस्य संजय लम्साल, धर्मलाल राेकाय, भेषराज तिमिल्सिना, सुनिता बेल्वासे र गैसस महासंघका कार्यकारी निर्देशक हुम भण्डारीको उपस्थिति रहेको थियो ।
अधिवेशनमा समितिकाे तर्फबाट सांगठनिक प्रतिवेदन सचिव कमल गाैतम र आर्थिक प्रतिवेदन काेषाध्यक्ष राधा तिमिल्सिनाले प्रस्तुत गरेका थिए ।
अधिवेशनले ९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेकाे छ । समितिको अध्यक्षमा जीत कुमारी बेलवासे निर्वाचित भएकी छिन् ।
समितिको उपाध्यक्षमा नेत्रमणि आचार्य, सचिवमा ठाकुर प्रसाद लोहागुन, सह-सचिवमा अर्जुन डि.सी. र काेषाध्यमा देवराज खनाल सर्बसम्मत भएका छन् ।
यसैगरी सदस्यहरुमा रिमा वि सी, विष्णु प्रसाद तिमिल्सिना, सस्वती जि.सी. र शंकर प्रसाद न्यौपाने चयन भएका छन् । गैरसरकारी संस्था महासंघकाे बिधान अनुसार अधिवेशनले सदस्यहरूकाे निर्वाचन गर्ने र निर्वाचित सदस्यकाे प्रथम बैठकले पदिय कार्यबिभाजन गर्ने नीति रहेको छ । जस अनुरुप बैठकले समिति सदस्यमा शिबा रेग्मी, प्युठान र उमाकान्त पन्त (दाङ ) लाई कार्य समिति सदस्यमा मनाेनयन समेत गरेकाे छ ।









