मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ लु ८४ प १६१७ नम्बरका मोटरसाइकल चालक बर्दिया सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ओलीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech