ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु भएको छ । सोमबार भएको उक्त घटनामा एकै परिवारका दाजुभाइ ७ वर्षीय डेविड खड्का र २ वर्षिय इशान खड्काको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

नायब उपरीक्षक घिमिरेका अनुसार, परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका दाजुभाइ च्यापिएका थिए । स्काभेटरले थर्काएको जमिनबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । उद्धारमा खटिएको प्रहरी र स्थानीयको सहयोगमा ढिस्को खनेर बालकहरुको शव निकालिएको जनाइएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech