लागुऔषधसहित ५ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरी पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा १७ ग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी, लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी, लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवँर रहेका छन् ।

भारत नेपाल प्रवेश गर्नेक्रममा दिवस, राजिव र राजनको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाहा प्रहरीको टोलीले जाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १८ वटा पुरियामा रहेको १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

यस्तै सोनु श्रेष्ठ र बिशाल कुवंरलाई भने ७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech