धनगढीमा २४ जनाद्वारा रक्तदान

असल शासन प्रतिनिधि

उक्त रक्तदान कार्यक्रम ४३ जनाको उपस्थिती रहेको थियो भने जसमा २४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले रक्तदान गरी उद्धघाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा संयोजक पुजाराले विश्व रक्तदाता दिवसको अवसरमा धनगढीमा हुने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरीएको बताए । उनले रक्तदानमा सहभागी हुने रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको जानकारी दिए । उनले रक्तदान जीवनदान भनेजस्तै सबैले रक्तदान गर्नुपर्ने सुझाव दिए ।

यस्तै कार्यक्रममा बास कैलालीका सल्लाहकार ठाकुर करीया प्रधानले स्वयमसेवी रक्तदाताहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने र प्रदेशको राजधानि सहर धनगढी हुने रगत अभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रमको आयोजना गरीएको बताए ।

कार्यक्रममा बास कैलाली अध्यक्ष चिरन्जिबि छेडालले विश्व रक्तदाता दिवसलाई धनगढीमा भव्य रूपमा मनाउन रक्तदान कार्यक्रमको आयोजना गरीएको बताए ।

यस्तै याक नेपालका महासचिव हृदय पुजाराले धनगढीमा रगत अभाव हुन नदिन सबैले लाग्नु पर्ने र यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्यायाउनुपर्ने बताए । उनले रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरीएको बताए ।

सन् १९०१ मा डा. कार्ल ल्याण्डस्टिनरले ए, बि, ओ रक्त समूह पत्ता लगाएपछि उनको जन्मदिन जून १४ लाई विश्व रक्तदाता दिवसको रूपमा मनाउँदै आइरहेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।

रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नारा यस वर्ष यस दिवस विश्वभर मनाउन लागिएको छ ।

 

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech