सुरक्षित आप्रवासन बारे छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ईनरुडेक कोहलपरले सुरक्षित आप्रवासनका बिषयमा छलफल गरेको छ ।

संस्थाले बिभिन्न पालिकाकाका रोजगार संयोजक र आप्रवासी सञ्जालका पदाधिकारीहरुका बिच छलफल गरेको हो ।
बाँकेका सबै पालिकामा रहेका स्थानीय तहका रोजगार संयोजक र आप्रवासी सञ्जालका पदाधिकारीहरुले कार्यक्रममा सुरक्षित आप्रवासन बारे आ-आफ्नो बिचार राखेका थिए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) र रोजगार संयोजकहरुको क्षेत्र र काम एउटै भएकाले समन्वयमा काम गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

सामी परियोजनाका कार्र्यक्रम अधिकृत लक्ष्मी चौधरीले सामुहिक रुपमा उद्यमसिलता कार्यक्रम संचालन गर्नु पर्ने बताईन् ।
इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाको अध्यक्षाता सम्पन्न सो कार्यक्रम सामी परियोजनाका कार्यक्रम संयोजक मिना चौधरीले संचालन गरेकि थिईन् ।

कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech