महासंले गर्यो जनप्रतिनिधिहरुलाई स्वागत

असल शासन प्रतिनिधि

बाँके/गैर सरकारी संस्था महासंघ नेपाल बाँकेले जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

गैसससँग आबद्ध रहि हालै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित भएका पदाधिकारी, सदस्यहरुलाई महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

महासंघले नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १ को अध्यक्ष पदमा निर्वाचित गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष प्रमोद रिजाल, नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर ९ को सदस्य पदमा निर्वाचित महासंघ बाँके शाखाकी कार्य समिति सदस्य जयन्ति खत्री, राप्तीसोनारी गाउँपालिका वडानम्वर ६ को वडाध्यक्ष पदमा निर्वाचित महासंघसँग आवद्ध बन तथा बातावरण संरक्षण समन्वय समिति कम्दिका अध्यक्ष लवराज खरेललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।

जनप्रतिनिधिहरुलाई महासंघका अध्यक्ष नमस्कार शाह, संस्थापक अध्यक्ष किरण कोईरालाले फुल माला लगाएर सम्मान गरेका थिए ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघकी संस्थापक अध्यक्ष किरण कोईराला, नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १ को अध्यक्ष प्रमोद रिजाल, नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर ९ की सदस्य जयन्ति खत्री, राप्तीसोनारी गाउँपालिका वडानम्वर ६ को वडाध्यक्ष बन तथा बातावरण संरक्षण समन्वय समिति कम्दिका अध्यक्ष लवराज खरेलले गैससहरुको भुमिका लगायतका बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

सचिव आशिष बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष निर्मला सुनारले गरेकि थिईन् । कार्यक्रममा ५० बढि गैससकर्मीहरुको सहभागिता रहेको थियो ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech