धनगढी जान लागेको हेलिकप्टर भैरहवा अवतरण

असल शासन प्रतिनिधि

भैरहवा/धनगढी जान लागेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकोको छ ।

देउवा सवार हेलिकप्टर रिफ्युल गर्न भैरहवा विमानस्थलमा झरेको बताईएको छ ।

लङ रूट भएपछि हेलिकप्टर भैरहवा अवतरण गरी रिफ्युल गरिएको हो ।

देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढीतिर लागेका हुन् ।

एयरपोर्टमा रूपन्देहीका कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए । विमानस्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुुरूङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवं पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतले देउवासँग भेटघाट गरेका थिए ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech