ई-सेवाबाटै नाम दर्ता गर्ने सुबिधा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ के तपाईं घरमै बसेर आफुलाई आवश्यक पर्ने डाक्टरको समय लिन चाहनुहुन्छ ?

यदि चाहनुहुन्छ भने तपाईंहरु अब घरमै बसेर ई सेवाका माध्यमबाट डाक्टरको समय लिन सक्नु हुनेछ । यस्तो व्यवस्था हालै शुरु भएको अत्याधुनिक HCRC Hospital नेपालगन्जले गरेको हो ।

अस्पतालले ईसेवासङ्ग सम्झौता गरि घरबाटै बसेर आफुलाई आवश्यक पर्ने डाक्टरको समय लिनुका साथै ईसेवाबाटै बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको अस्पतालका प्रबन्धक रमेश सिटौलाले बताए ।

उनका अनुसार, बिरामी वा बिरामीका आफन्तहरुले ई सेवा एप्समा गएर हेल्थ अप्सन छनौट गरि HCRC hospital खोजी गर्नु पर्दछ । उक्त खोजी पछि आवश्यक पर्ने चिकित्सकहरुको नाम छनौट गर्नु पर्दछ । यसरी छनौट गरिसकेपछी डाक्टरको समय बुक हुनुका साथै दर्ता शुल्क भुक्तानी हुनेछ ।

अस्पतालले अत्याधुनिक उपकरण सहित मोडुलर अप्रेसन थिएटर, NiCU/PICU, भर्ना, सौन्दर्यका लागि HCRC एस्थेटिक संचालनमा ल्याएको छ ।

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech