जनप्रतिनिधिलाई नागरिकको सुझाव

असल शासन प्रतिनिधि

बर्दिया/ मधुवन नगरपालिकाको वडा नम्बर ४, ५ र ९ मा जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको साझेदारीमा बासद्धारा सञ्चालित नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत सो अन्तरक्रिया शुक्रबार सम्पन्न भएको हो ।

वडाका नागरिकहरु र जनप्रतिनिधिबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले विगतमा वडा तथा नगरपालिकाबाट सञ्चालन हुने कार्यक्रम तथा योजनाहरुको वारेमा आम नागरिकहरुलाई जानकारी तथा सूचना नहुने गरेको गुनासो गरेका थिए । योजना तर्जुमा गर्दा नागरिकहरुको सहभागिता बिना हुने गरेको बताउदै आगामी दिनमा सहभागितामुलक योजना तर्जुमा गर्नुपर्ने सहभागिले माग गरेका थिए थिए । सहभागिहरुले आगामि योजना तर्जुमा गर्दा वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माण, सिचाइको लागि नहर निर्माण, कृषकका बिउ विचन तथा मलको ब्यवस्थापन, सिपविकास तथा आयआर्जनमुलक तालिम सञ्चालन लगायतका विषयमा ध्यान दिनुपर्ने सुभाmाव दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्षर दिलिप गुरुङ्ग, वडा नम्बर ९ का अध्यक्ष हर्कबहादुर वस्नेत, वडा नम्बर ४ का वडा सदस्यहरु बिनिता चौधरी, बिश्राम चौधरी र बिर बहादुर चौधरीले विगतका गल्तिहरुबाट सिक्दै गल्ति नदोहोरिने गरी नागरिकको सुझाबको आधारमा वडा कार्यालयको योजना बनाउने र जनतालाई अनुभुति हुने गरी कार्य गर्ने बताएका थिए । सहभागिहरुले राखेका विषयलाई सम्बोधन गर्दै प्रतिनिधिहरुले नागरिकहरुले राखेका समस्यामा आधारित रहेर जनताको माग अनुसारको आगामी योजना तर्जुमा गर्ने प्रतिबद्धता गरेका थिए ।

बासका स्रोतब्यक्ति मन भण्डारीले सहजिककरण गरेको कार्यक्रममा बासकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले कार्यमको उद्देश्यमाथि प्रकास पारेकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु, वडाका कर्मचारीहरु, नागरिक सहायता कक्ष सहजकर्ता अञ्जली थापा, बास बर्दिया शाखाका सचिब रम सोनाम र बिभिन्न समुदायका नागरिक लगायतको सहभागिता रहेको थियो ।

 

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech