बिपन्न महिलाहरुलाई राहत

असल शासन प्रतिनिधि

नेपालगञ्ज/फातिमा फाउण्डेसन नेपालले बाँकेका तीन वटा पालिकाका २३ जना बिपन्न अवस्थाका महिलाहरुलाई राहत प्रदान गरेको छ ।

शनिवार फाउण्डेसनको कार्यालयमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र अजुरा गाउँपालिकाका महिलाहरुलाई सो राहत प्रदान गरेको हो ।

टेवा काठमाण्डौंको सहयोगमा फाउण्डेसनद्वारा सञ्चालित कोभिड १९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र नारीवादी आन्दोलनको सुदृढीकरण परियोजना अन्तरगत सो सहयोग प्रदान गरिएको हो ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले महिलाहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाकी महासचिव चाँदनी बानो, कोषाध्यक्ष सुबेदा फरहिन, सामाजिक परिचालक आमना खातुन, कार्य समित सदस्य हुमा अख्तर लगायतको उपस्थिती रहेको थियो ।

एकल, बिपन्न, अपाँगता भएका र जेष्ठ महिलाहरुलाई राहत प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार, ९० किलो चामल, ३ किलो चिउरा, लाईटर सहित १ थान ग्याँस चुलो, १ थान मोबाईल, ९ किलो दाल, ३ किलो चिनि, ३ किलो नुन, ६ लिटर तेल, ३ किलो सरफ, १८ वटा सावुन, १८ प्याकेट जीवनजल, १ वटा डिटोल, ६ वटा सेनेटरि प्याड लगायतका सामाग्रि सहयोग स्वरुप उपलब्ध गराइएको छ । प्रति व्यक्ति २१ हजार बरावरको सहयोग गरिएको संस्थाले जनाएको छ ।

 

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech