सेफ्टी ट्याँकिमा गयो हरिजनको ज्यान

लोक बहादुर घर्ती/अशोक रावल

नेपालगञ्ज/निर्माणाधिन सेफ्टी ट्याँकि भत्किँदा एक जनाको ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २० मनिकापुर स्थित जोगि यादवको निर्माण हुँदै गरेको सेफ्टि ट्याँकिमा पुरिएर मज्दुर बिद्याराम हरिजनको आईतवार बिहान निधन भएको हो ।

गनापुर प्रहरी चौकीका ईञ्चार्ज जनक बुढाका अनुसार, बिहान ९.०० बजे सेफ्टि ट्याँकी भित्र पसरे माटो फाल्ने क्रममा सेफ्टि ट्याँकिको दिवाल भत्किँदा थिच्चिएर उनको घटना स्थलमैं निधन भएको हो ।

उनका अनुसार, हरिजनको टाउकोमा गम्भिर चोटपटक लागेको थियो । उनको पार्थिव शरिर पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको
छ ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech