प्रहरी तालिम केन्द्र अगाडी भयानक दुर्घटना, चार यात्रु घाईते

तपेन्द्र बहादुर मलाती

नेपालगन्ज/ प्रहरी तालिम केन्द्र काँरकादो नेपालगन्ज अगाडि भयानक दुर्घटना भएको छ ।

सोमबार साँझ ८.३० बजे मोटरसाइकल, स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

सुर्खेत रोड हुँदै कोहलपुर जाने बाटोबाट नेपालगन्ज बजार तर्फ टर्न भएर फर्किने क्रममा बा ६ प १९०८ ननवरको स्कुटी र कोहलपुर तर्फबाट नेपालगन्ज आउँदै गरेको भे. ६. प. १०४५ नम्वर मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटीमा सवार दुई जना र मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएको, निजहरुको उद्दर गरि प्रहरीले नेपालगन्ज मेडिकल कलेज लगेको प्रत्यक्षदर्शी तथा उद्दारमा खटिएका समाजसेवी दीपेन्द्र जोशीले बताए ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech