शाह गैसस महासंघको केन्द्रीय सदस्यमा मनोनित

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासका कार्यकारी निर्देशक तथा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह गैर सरकारी संस्था महासँघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालको असार ५ गते सम्पन्न केन्द्रीय समिती बैठकले गैसस बिज्ञको तर्फबाट शाहलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।


बैठकले शाह लगायत ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । काठमाडौमा आयोजित एक समारोहका बिच मनोनित शाह लगायतले आज सपथ ग्रहण गरेका छन्। महासंघका संस्थापक महासचिव शान्तलाल मुल्मी, केन्द्रीय अध्यक्ष राम सुवेदी, वरिष्ठ उपाध्यक्ष ध्रुब देव, महासचिव अर्जुन भट्टराईले मनोनित केन्द्रीय सचिव तथा केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech