रबि लामिछानेले खोले नयाँ दल

असल शासन प्रतिनिधि

काठमाडौं/पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल घोषणा गरेका छन्।

उनले घोषणा गरेको नयाँ दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले पार्टीको नाम घोषणा गरेका हुन् ।

कुनै पनि राजनीतिक दलहरूमा प्रबेश नगरी नयाँ पार्टी खोलेको उनले बताए ।

लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन् ।

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए । चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech