को हुन् उनी, जो दैनिक बागेश्वरी तलाउ सफा गर्छन्

सत्यम जोशी

नेपालगन्ज/ उनको नाम कैलाशनाथ योगी हो । उनको दिनचर्या बागेश्वरी तलाउ सफा गर्नु हो ।

उनले यो काम बिगत १२ वर्ष देखि गर्दै आएका छन् । यस भन्दा अघि उनका पिता गणेशनाथ योगीले गर्दथे । तर दुर्भाग्यवश उनको एउटा दुर्घटनामा देहवशान भयो ।

उनको देहावसान पछि उनका छोराले सो कर्म गर्न थालेका हुन् । उनी भन्छन्- दर्शनका लागि आउने भक्तालु र आगन्तुकहरुले पानीको बोत्तल, गुट्काको खोस्टा, चाउचाउको खोल तलाउमा मिल्काईदिन्छन् । पार्कमा फालेको फोहोरहरु पनि हावा हुरिले उडाएर तलाउमै फाल्छ ।

उनको जस्तै बिचार र भावना भएको भए बागेश्वरी तलाउ कति सुन्दर हुन्थ्यो होला ? सबैले यस तर्फ ध्यान दिने हो कि ?

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech