जैविक चौतारीमा पाँच बुदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको राप्तीसोनारी गाउँपालि वडा नं. ८ सम्शेरगंजमा जैविक चौतारी कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त अयोजनामा शुक्रबार सम्पन्न जैविक चौतारी कार्यक्रममा संरक्षणको सवाल, चुनौती, र अवसरको विषयमा सरोकारवाला विच छलफल गरिएको छ ।


चौतारीमा सहभागी भएका सभागिहरुले अन्तरसांवदमा आफ्नो भनाई राख्दै गाउँपालिका तथा डिभिजन बन कार्यालय, सम्बन्धित निकाय र समुदायबाट अपेक्षा अनुरुप बन संरक्षण हुन नसकेको, डढेलो, वन अतिक्रमण, चरीचराउ चोरी सिकारी, काठ तस्करी जस्ता समस्याहरु रहेको बताए । जंगली जनावरले कृषकहरुको बालीनालीको नक्सान गर्ने गरेको बताउदै सहभागिहरुले यस्को समाधानका लागि तारबारको ब्यवस्थापन गर्नुपर्ने माग राखेका थिए ।
सहभागिबाट उठेका प्रश्नहरुको जवाफ दिनु हुँदै सम्शेरगञ्ज सव डिभिजन वन कार्यालयका प्रतिनिधि प्रविण चौधरीले स्थानीयहरुको सचेतानाको कमिले धैरै समस्याहरु उत्पन्न हुने गरेको बताए । समुदाय स्तरमा वन संरक्षणका विषयमा सचेतना जगाउन र कानुनी विषयमा समेत सचेत गराउँदै वृक्षारोपण कार्यक्रममा आफुहरु हातेमालो गर्दै अगाडी जान तयार रहेको चौधरीको भनाइ थियो । त्यस्तै सहभागिको प्रश्नहरुको जवाफ दिदै सामुदायिक वन उपभोक्ता महासंघ राप्तीसोनारीका अध्यक्ष कृष्ण केसीले बन्यजन्तुको आतंकबाट कृषकहरु आजित भएको र चोरी सिकारी तथा काठ तस्कर मुख्या समस्या रहेको बताउँदै यसको समाधानका लागि सबैको हातेमालो जरुरी रहेको बताए । कार्यक्रम बन तथा वातावरण संरक्षण समन्वय समितिका प्रशासन सहायक भिम केसीले जैविक संरक्षणका लागि समुदाय र सामुदायिक बन उपभोक्त समिति विच समन्वयकारी भुमिका हुनपर्नु बताए ।
कार्यक्रमा उठेका सवालहरुलाई समेटेर पाँचबुद्धे प्रतिबद्धता जाहेर भएका छन् । प्रतिबद्धताहरुमा चोरी सिकारी र काठ तस्करी नियन्त्रण गर्ने, बन डढेलो रोकथाम तथा बन संरक्षणको विषयमा नियमित सचेतनामूलक अभियान संचालन गर्ने, बन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षती हुनबाट जोगाउन तारजालीको व्यवस्थापन गर्ने, नदीनाला र ताल तलैयामा प्रयोग हुने विषादी रोकथाम गर्ने र सामुदायिक बन उपभोक्ता समितिले स्थानीय आवश्यकतामा आधारित कार्य गर्न योजना बनाउने र वार्षिक कार्यक्रम र आयव्यय विवरण सार्वजनिक गर्ने । ३५ जना सहभागि रहेको काक्रमको सहजिकरण बास नेपालका स्रोत व्यक्ति मन भण्डारले गरेका थिए भने

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech