धनगढी १२ मा रुपान्तरण सम्पन्न

असल शासन प्रतिनिधि

धनगढी उपमहानगरपालिका–१२ मनेहरा मुक्तकमैया शिविरमा सञ्चालित रुपान्तरण कक्षा एक कार्यक्रमबिच समापन भएको छ । रुपान्तरण कक्षा अप्रिल १८ मा सुरु भइ जुन २२ सम्म सञ्चालन भएको थियो ।
२१ दिनसम्म सञ्चालन भएको उक्त कक्षा सहजकर्ता बसुन्धारा भट्टले सञ्चालन गरेकी थिइन् । उक्त कक्षाका सहभागीले बालबालिकाले १ दिन अभिभावक संग अन्तक्रिर्या गरेका थिए भने २ दिन पियर लिडरहरुले नजिकैको मुक्तिनाथ आधारभूत विद्यालयमा कक्षा सञ्चालन गरेका थिए ।
असार ८ गते एक औपचारिक कार्यक्रमका विच वडाध्यक्ष शेर बहादुर महरा, मुक्तिनाथ आधारभूत विद्यालयका प्रधानध्यापक सालिभान ऐर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह राना लगाएत स्थानीयहरुको उपस्थितिमा समापन गरिएको थियो ।

कार्यक्रम समापन पश्चात् समुदाय स्तरको बालक्लब गठन गरिएको छ भने १७ जना सहभागीले पुनः विद्यालय भर्ना हुने बताएका छन् । साथै कक्षा समुहका ४० जना सहभागीलाई युनिसेफ नेपालको स्वास्थ्य सामाग्री र बास नेपालको लैङ्गकि हिंसा सम्बन्धि जानकारी मुलक पोस्टर प्रदान गरिएको छ ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech