असल कार्य – कपडा बैंक

हरि क्षेत्री

मुलतः बासद्वारा संचालित यश कपडा बैंकमा मेरा बच्चाबच्चिलाइ सानो भएका केहि थान कपडा र जुत्ताहरु धोएर- पट्याएर झोलामा राखेर हाम्रो बिबाहको बर्षगाठको पुर्वसन्ध्यामा लगेर जम्मा गर्न पाउँदा खुशी महसुस भैरहेछ र खासगरी केही थान बालबालिकाले ( शायद सडक बालबालिका जसको खुट्टामा चप्पल – जुत्ता पनि थिएनन् ) तत्कालै त्यो झोला लिएर लगाएको देखेर म दङ्ग भए,यधपी ती बालबालिकाको आत्मसम्मानको ख्याल गर्दै मैले यहाँ उनीहरुको तस्वीर राख्न चाहिन।

नमस्कार शाहजी लगायत बासको सम्पुर्ण टिमलाई नमन छ यो राम्रो कार्यको लागि र यस्ता बैंकहरु देशका हरेक साना ठुला शहरहरुमा होस् भन्ने कामना पनि । बासको थुप्रै राम्रा कामहरु मध्ये एउटामा सानो योगदान गर्न पाएकोमा गौरवान्वित महसुस भैरहेछ । हुनत, एउटा हातले गरेको काम अर्को हातलाइ थाहा नहोस् भनिन्छ तर राम्रो कामको चर्चा होस् र अनुसरण होस् भन्ना खातिर मैले यहाँ राखेको हो ताकी यसबाट अन्य सज्जन पनि प्रेरित हुन सकुन् र केहि योगदान होस् भन्ने चाहना हो ।

`हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ´ भन्ने नारा भएको यो कपडा बैंकमा कृपया दाताहरूले आफुसङ भएका कपडा धोएर सफा गरेर त्यहा लगेर ब्यवस्थित हिसाबले राखिदिन आग्रह गर्दछु ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech